stcnepal long ad
ime life insurance
national life
global ime bank long

कराँतेतर्फ धादिङकी समिक्षा ढुङ्गाना आठौँ साफ खेलकुदमा छनोट

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आठौं साफ खेलकुदको कराँतेतर्फ धादिङकी समिक्षा ढुङ्गाना छनोट भएकी छिन् । भुटानमा हुने खेलमा ५३ केजी तौल समूहतर्फ धादिङकी समिक्षा ढुङ्गाना छनोट भएकी हुन् ।

बागमती प्रदेश स्तरीय प्रतियोगितामा उत्कृष्ण प्रदर्शन गरेकी समिक्षा राष्ट्रिय छनोट प्रतियोगिताको फाइनलमा लुम्बिनी प्रदेशलाई पराजित गर्दै साफ खेलकुदमा छनोट भएकी हुन् ।

बागमती प्रदेश स्तरीय ५३ केजी तौल समूहको छनोट चरणमा ढुङ्गानाले गोल्ड मेडल समेत जितेकी थिइन् ।

बागमती प्रदेशले आयोजना गरेको अन्तर प्रदेश राष्ट्रिय खेलकुद २०८० मा पनि उनी धादिङबाट छनोटमा परेकी थिइन् ।

IME Lifesidebar
kumari