stcnepal long ad
ime life insurance
national life
global ime bank long

भ्रष्टाचारविरोधी अभियन्ता हौं भन्दै आतङ्क मच्चाएर ठगी गर्ने चार जना पक्राउ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं। भ्रष्टाचार विरोधी अभियन्ता हौं भन्दै ठगी गर्ने चार जना पक्राउ परेका छन् । प्रहरीले काठमाडौं, गोकर्णेश्वर नगरपालिका– ६ बस्ने ३१ वर्षीय राजु सुनार, सोही नगरपालिका–८ बस्ने २६ वर्षीय आदर्श क्षेत्री, वडा नं. १ बस्ने २० वर्षकी अस्मिता खत्री र वडा नं.२ बस्ने ४५ का प्रेमप्रसाद श्रेष्ठलाई पक्राउ गरेको हो ।

उनीहरुले सरकारी कार्यालय, स्थानीय निकाय, विद्यालय, संघसंस्था, कम्पनी, कलकारखाना, विभिन्न टोल सुधार एवं उपभोक्ता समिति आदिमा गएर ‘हामीहरु भष्ट्राचार बिरोधी अभियन्ता हौ तिमीहरुको बिरुद्धमा भष्ट्राचार गरेको, कर छली गरेको, आर्थिक अनियमितता गरेको भन्ने उजुरी हामीकहाँ परेको छ, त्यस बिषयमा छानबिन गर्न आएका हौ, हामीलाई सबै हिसाबकिताब देखाउ’ भन्दै असम्बन्धित सूचना माग्ने, धम्क्याउने जस्ता हर्कत गरेको प्रहरीले बताएको छ ।

उनीहरुले आतंक सृजना गरी भिडियो बनाई अनाधिकृत तवरले रकमसमेत असुली गरी ठगी गर्ने गरेको प्रहरीले बताएको छ ।

सामाजिक सञ्जालमा असम्बन्धित भिडिओहरु राखी उनीहरुले विभिन्न व्यक्तिहरुको चरित्र हत्या गरेको प्रहरीले जनाएको छ ।

उनीहरुले आफुलाई भष्ट्राचारविरोधी अभियन्ता हुँ भन्दै गोकर्णेश्वर नगरपालिका भित्र गैह्र कानुनी रुपमा ‘वेथिति एवं भष्ट्राचारविरुद्धको अभियान २०८०’ नामक संस्था खोली विभिन्न वडाहरुमा त्यसका शाखाहरु समेत अवैध रुपमा विस्तार गरेको प्रहरीले जनाएको छ ।

IME Lifesidebar
kumari