stcnepal long ad
ime life insurance
global ime bank long

जी–सेभेन नेताको अर्को शिखर सम्मेलन क्यानडामा हुने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

विश्वका सबैभन्दा ठूला अर्थतन्त्र भएका सात मुख्य देशको समूह जी–सेभेनको अर्को शिखर सम्मेलन क्यानडामा हुने भएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानडाले जी–सेभेन नेताको अर्को शिखर सम्मेलन कानानास्किस अल्बर्टामा सन् २०२५ मा आयोजना गर्ने घोषणा गर्नुभएको हो ।

क्यानडाले शिखर सम्मेलन आयोजना गर्ने यो सातौँ पटक हुनेछ । इटालीमा शुक्रवार र शनिवार गरी दुई दिनसम्म चलेको शिखर सम्मेलन समापन भएको छ ।

यो सम्मेलनमा युक्रेनका लागि ५० अर्ब डलर ऋण सहयोग जुटाउनका लागि रोक्का गरिएको रुसको सम्पत्ति प्रयोग गर्ने विषयमा सहमति जुटेको थियो ।

यो ऋण सहयोग युक्रेनले रुससँगको युद्धमा प्रयोग गर्नेछ । तर रुसले यो ऋण सहयोगको सहमतिलाई लिएर नतिजा ‘निकै पीडादायी’ हुने चेतावनी दिएको छ । जी–सेभेनमा क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिका छन् ।

prabhu mahalaxmi
kumari