प्रवास ट्राभल एण्ड टुर्सले ६ महिनामा ८ अवार्ड जित्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । विगत १० वर्ष देखि अन्तरराष्ट्रिय एअरलाईन्स् टिकेटिङ् सेवा प्रदान गर्दै आएको प्रवास ट्राभल एण्ड टुर्सले यस वर्ष विभिन्न एअरलाईन्स्बाट गएको ६ महिनामा ८ अवार्ड जित्न सफल भएको छ ।

टर्किस एयरलाइन्स, एयर चाइना, श्रीलंकन एयरलाइन्स, चाइना साउदर्न, थाई एरवेज, क्याथे प्यासिफिक, मलेसियन एयरलाइन्स र सिंगापुर एअरलाईन्स वाट विभिन्न विधामा प्रवास ट्राभलले ८ अवार्ड जित्न सफल भएको हो ।

आफ्नो स्थापना काल देखि निरन्तर विभिन्न किसिमका अवार्डहरु प्राप्त गर्न सफल प्रवास ट्राभल एण्ड टुर्सले २०२३ र २०२४ मा विभिन्न अन्तर्राष्ट्रिय एअरलाईन्सको एअर टिकट विक्री गर्दाको सङ्ख्या, मूल्य र सेवाका आधारमा विभिन्न वायुसेवा कम्पनीले प्रदान गर्ने अवार्ड जित्ने क्रममा यो उपलब्धि हासिल गर्न सफल भएको हो ।

हालै आफ्नो स्थापनाको दशौँ वार्षिकोत्सव मनाएको प्रवास ट्राभल एण्ड टुर्सले आफ्नो अनलाईन ट्राभल पोर्टल फ्लाईट्स नेपाल डट कमको सेवामा थप अभिवृद्धि गरेको छ भने प्रवास होलिडेज्को स्थापना तथा संचालन समेत शुरु गरेको छ ।

थप विशेषता र अतिरिक्त सुविधा सहित संचनालमा ल्याईएको ट्राभल पोर्टल फ्लाईट्स नेपाल डट कम बाट विश्वभरको जुनसुकै कुनमा बसेर सजिलै अन्तर्राष्ट्रिय तथा डोमेस्टिक एअर टिकट खरिद गर्न सकिनेछ भने आवश्यक परेको खण्डमा २४ घण्टा ग्राहक सेवा उपलब्ध रहेको प्रवास ट्राभल एण्ड टुर्सका प्रबन्ध निर्देशक प्रकास लोहनीले जनाउनु भएको छ ।

सस्तो एयर फेयर, अधिक क्यास ब्याक, विभिन्न अफर तथा छुटहरू, सेवामा बलियो प्रतिबद्धता लगायतका कारणहरूले आज नेपाली ट्राभल ट्रेडमा प्रवास ट्राभल विश्वाससनिय नाउँ बन्न सफल भएको हो । यहाँ स्मरणीय छ, विभिन्न एअरलाईन्सहरुसँगको सहकार्यमा स्टुडेण्ट फेयर, बढी ब्यागेज जस्ता आकर्षक अफरहरू प्रवास ट्राभलले ल्याउने गरेको छ ।

 

IME Lifesidebar
kumari