stcnepal long ad
ime life insurance
global ime bank long

कुमारी बैंकको २ लाख कित्ता शेयर बिक्रीमा

लगानीकर्ताले न्यूनतम ५० हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ।

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । कुमारी बैंकको २ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टको स्वामित्वमा रहेको कुमारी बैंकको २ लाख कित्ता संस्थापक शेयर लिलामी प्रक्रिया मार्फत बिक्रीमा राखिएको छ।

यो शेयरमा संस्थापक शेयरधनीका साथै अन्य इच्छुक जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम ५० हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र आउँदो असार ७ गतेसम्म काठमाडौंको थापाथलीस्थित एनआईसी एसिया क्यापिटलमा पेस गर्नुपर्नेछ।

prabhu mahalaxmi
kumari