stcnepal long ad
global ime bank long

अशोक शमशेर राणा हिमालयन बैंकको पुनः सीइओमा नियुक्त

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृतमा अशोक शमशेर राणा पुन नियुक्त भएका छन् । बैंक संचालक समितिको असार २२ गते बसेको  बैठकले राणालाई नै प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिने निर्णय गरेको हो ।

राणालाई थप ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय भएको एक संचालकले जानकारी दिए । राणाको कार्यकाल सकिएपछि आजैदेखि लागू हुने गरी अर्को ४ वर्षे कार्यकालको लागि नियुक्त गरिएको छ ।

अर्को एक कार्यकालको लागि बाणिज्य बैंकमा प्रमुख कार्यकारी अधिकृत पदमा सबैभन्दा लामो समय बस्ने नेपाली बैंकरको रेकर्ड पनि राणाले बनाएका छन् ।

नेपाली बाणिज्य बैंकमा अब उनीभन्दा लामो समय प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी बहन गरेका नेपाली बैंकर छैनन् ।

IME Lifesidebar
kumari