stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपालमा निर्मित कोरोनाको औषधि परीक्षणको पर्खाइमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं  । हेटौंडामा रहेको वन विज्ञान अध्ययन संस्थानको प्रयोगशालामा संस्थानका प्राध्यापक डा. ललितकुमार दासले निर्माण गर्नुभएको कोरोना (कोभिड(१९) विरुद्धको खोप तथा औषधी परीक्षणको अन्तिम तयारीमा रहेको बताइएको छ ।

डा। दासले नमूना औषधी तयार भइसकेको र अब परीक्षणको लागि विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० र नेपाल स्वास्थ्य अनुसन्धान परिषदको निर्देशिका बमोजिमको आवश्यक प्रतिवेदनको पर्खाइमा रहेको बताउनु भएको छ । सो प्रतिवेदन भित्रका मापदण्डहरु पूरागर्ने लामो प्रक्रियाका कारण तयारीमा केही समय लागेको डा.दासले बताउनुभयो ।

प्रतिवेदन कुरेर बसेकोले केही समय यो विषय ओझेल परेको जस्तो देखिए पनि आफ्नो कार्य निरन्तर भइरहेको उहाँको भनाई छ । डा।दासका अनुसार उहाँले आफ्नो प्रयोगशालामा कोरोनाको भाइरस हटाउनेसम्बन्धी ‘एण्टी अक्सिडेण्ट एक्टिभिटी’ र ‘इन्जियोमेटिक एक्सन’ भएका बिरुवाहरु लिएर त्यसमाथि आवश्यक शोध गरेर औषधी तयार गर्नुभएको छ ।

उहाँले कोरोना विरुद्धको खोप र खोपबाट हुनसक्ने एलर्जीका लागि समेत मुखबाट सेवन गर्न मिल्ने औषधी गरी दुबै औषधीको नमूना नै तयार भएको दाबी समेत गर्नुभएको छ ।

साथै उहाँले मानव शरीरको प्रतिरोधात्मक क्षमता बढाउने औषधीको समेत नमूना तयार भइसकेको र यी सबै औषधीको परीक्षणको लागि प्रतिक्षामा रहेको दाबी गर्नुभयो ।

आफुले तयार गरेको औषधी शतप्रतिसत सफल हुने दाबी गर्दै बागमती प्रदेशको सामाजिक विकास मन्त्री युवराज दुलाललाई निरीक्षण गराएर प्रतिबेदन बुझाएर यसबारेमा थप सहयोग पुगेको महसुस गरेको डा.दासको भनाई छ ।

विगत २२ वर्षदेखी अनुसन्धान तथा अध्यापन गर्दै आउनुभएका उहाँले बनारस हिन्दू विश्वविद्यालयबाट फाइटोकेमिस्ट्रीमा विद्यावारिधी गर्नुभएको हो ।

यसअघि जेठ २२ गते उहाँले सार्वजनिक गर्नुभएको कोरोना विरुद्धको खोप तथा त्यसको उपयोगिता सम्बन्धमा विश्व स्वास्थ्य संगठनले जानकारी लिएको थियो ।

विश्व स्वास्थ्य संगठनको जेनेभास्थित कार्यालयबाट नै भिडियो कोन्फरेन्समार्फत नेपालसहित ७३ राष्ट्रसँग प्रत्यक्षरुपमा कोरोना विरुद्ध निर्माण भइरहेको औषधी र आवश्यक सहयोग सम्बन्धमा छलफल गरेको डा।दासले जानकारी दिनुभयो ।

उक्त छलफलमा विश्व स्वास्थ्य संगठनले आफ्नो निर्देशिकामा आधारित रहेर दुई घण्टा लामो सवाल जवाफ पनि गरेको थियो । उक्त प्रयोगशालामा उत्पादन गरिएको औषधी सम्बन्धमा आवश्यक जानकारीका लागि सो अध्ययन संस्थानका प्रध्यापक दामोदर गैरेले डब्लुएचओमा लिखित प्रस्ताव पठाएपछि उक्त प्रयोगशाला पनि छनौट भएको बताउनुभयो ।

सर्वप्रथम नेपालको सम्बन्धित निकायसँग खोपको परीक्षण गराउनुपर्ने र नभए विश्व स्वास्थ्य संगठनसँग त्यसको प्रभावकारिता मुल्याङ्कनका लागि पहल गरिने कुराकानी भएको बताइएको छ ।

उक्त खोपका लागि प्रयोजन स्वीकृत भएमा ‘ट्रायल फन्ड’ का लागि पाँच लाख अमेरिकी डलर प्राप्त हुने समेत उक्त छलफलमा जानकारी गराइएको डा.दासले जनाउनुभयो ।

डा। दासले आफ्नो औषधीको विषयमा गर्नुभएको दाबी सफल हुनसक्ने विज्ञहरुको भनाई रहेको छ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन आयुर्वेदिक क्याम्पसका प्राध्यापक डा.चन्द्रराज सापकोटाले आयुर्वेदिक पद्दतीबाट बनाइएको औषधी सफल हुनसक्ने बताउनुभयो । रासस

prabhu mahalaxmi
kumari