कक्षा ११ को बोर्ड परीक्षा नहुने, आन्तरिक मूल्यांकनबाटै प्रमाणपत्र
काठमाडौं । कोरोना र जारी लक डाउनका कारण यस वर्ष कक्षा ११ को बोर्ड परीक्षा नहुने भएको छ ।
आन्तरिक मूल्यांकनका आधारमा नतिजा र विद्यार्थीलाई प्रमाणपत्र दिइने भएको छ । पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले विद्यालयले गरेको आन्तरिक परीक्षाका आधारमा विद्यार्थीलाई प्रमाणपत्र दिने निर्णय गरेको हो ।
आन्तरिक मूल्यांकन कसरी गर्ने भन्ने सम्बन्धमा कार्यविधि बनाउने जिम्मा राष्ट्रिय परीक्षा बोर्डलाई दिइएको छ । यसअघि कक्षा १० को एसईई पनि आन्तरिक मूल्यांकनकै आधारमै गर्ने निर्णय भइसकेको छ ।
कक्षा १२ को विषयमा भने अहिलेसम्म कुनै पनि निर्णय भएको छैन ।




























