stcnepal long ad
global ime bank long

एनआईसी एशिया बैंक तथा क्यापिटलमा निःशुल्क डिम्याट खाता खोल्न सकिने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं। एनआईसी एशिया क्यापिटल तथा बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट निशुल्क डिम्याट खाता खोल्न सकिने भएको छ ।

एक नेपाली, एक डिम्याट खाता अभियान मार्फत देशको दुर दराजमा बसोबास गर्ने नेपालीहरुमा डिम्याट खाताको पहुँच विस्तार गर्ने मुख्य उद्देश्यका साथ एनआईसी एशिया क्यापिटलको शाखा कार्यालयहरु, एनआईसी एशिया अनलाईन डिम्याट सेवा र एनआईसी एशिया बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट यही जेठ १ गते देखि आषाढ मसान्त सम्म निःशुल्क रुपमा डिम्याट खाता खोलिदिने र पहिलो वर्षको डिम्याट खाता संचालन शुल्कमा छुट दिने व्यवस्था गरेको हो ।

एनआईसी एशिया क्यापिटलले पछिल्लो समयमा आफ्नो सेवाहरुलाई प्रविधिको प्रयोग गरी आम सर्वसाधारणहरुलाई क्यापिटलको सेवा “लाईनमा होईन अनलाइन” मा भन्ने नारा सहित क्यापिटलको अधिकांश सेवाहरु अनलाईन मार्फत लिन मिल्ने व्यवस्था मिलाइएको हुँदा क्यापिटलको वेभसाइट मार्फत सहजै निःशुल्क रुपमा डिम्याट खाता खोल्न आग्रह गरेको छ ।

IME Lifesidebar
kumari