stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

तामाकोशी–५ जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । तामाकोशी–५ जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेशनसँग ठेक्का सम्झौता भएको छ ।

९९ दशमलव ८ मेगावाट क्षमताको तामाकोशी–५ निर्माणका लागि तामाकोशी जलविद्युत् कम्पनी लिमिटेड र सिनो हाइड्रोबीच १२ अर्ब ९९ करोड रुपैयाँमा सिभिलतर्फका कामका लागि ठेक्का सम्झौता भएको हो ।

तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विनोद भण्डारीले आयोजनाको पूर्वतयारीका सबैजसो काम सकिएकाले एक महिनाभित्र काम शुरु हुने जानकारी दिनुभयो । आयोजना निर्माण थालेको चार वर्षमा व्यावसायिक उत्पादन गर्ने लक्ष्य रहेको छ ।

यो आयोजना ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको क्यासकेड आयोजना भएका कारण हेडवर्क्स बनाउनु पर्दैन ।

माथिल्लो तामाकोशीको टेलरेस टनेलबाट निस्कने पानीलाई सिधै तामाकोशी–५ को सुरुङमार्गमा ल्याइनेछ । आयोजनाका लागि ८ किलोमिटर सुरुङमार्ग निर्माण गर्नुपर्छ ।

आयोजनामा नेपाल विद्युत् प्राधिकरण, तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेड र कर्मचारी सञ्चय कोषले लगानी गर्दैछन् ।

सञ्चय कोषले मात्रै १३ अर्ब ७४ करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ । आयोजना निर्माणका लागि कुल २१ अर्ब १४ करोड रुपैयाँ लागत अनुमान छ ।

prabhu mahalaxmi
kumari