stcnepal long ad
global ime bank long

विदेश पढ्न जाँदा ९ महिनामा झन्डै १ खर्ब रुपैयाँ बाहिरियो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को १० महिनामा खुद सेवा आय ५२ अर्ब २३ करोड रुपैयाँले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउनदेखि चैत मसान्तसम्म सेवा खाता अन्तर्गत १० महिनामा विदेशीले नेपालमा गर्ने खर्च अर्थात् भ्रमण आय ४० प्रतिशतले बढेर ६० अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।

विदेशीले नेपालमा ६० अर्ब ४५ करोड रुपैयाँ खर्च गर्दा नेपालीले विदेशमा गर्ने खर्च भने झन्डै डेढ खर्ब रुपैयाँ पुगेको छ ।

१० महिनामा नेपालीले विदेशमा गर्ने खर्च अर्थात् भ्रमण व्यय साढे ४२ प्रतिशतले बढेर एक खर्ब ४३ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । यसमध्ये शिक्षाकै लागि ९५ अर्ब ८५ करोड रुपैयाँ बाहिरिएको छ ।

यस्तै चैत मसान्तसम्ममा शोधनान्तर स्थिति तीन खर्ब ६५ अर्ब १६ करोडले र चालु खाता एक खर्ब ७९ अर्ब ४८ करोड रुपैयाँले बचतमा रहेको छ ।

२०८० साल असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २४ दशमलव दुई प्रतिशतले वृद्धि भई गएको चैत मसान्तसम्ममा १९ खर्ब ११ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ ।

चालु आर्थिक वर्षको नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १५ महिनाको वस्तु आयात र १२ दशमलव पाँच महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

IME Lifesidebar
kumari