stcnepal long ad
ime life insurance
global ime bank long

नेशनल लाइफ इन्स्योरेन्सको तेस्रो त्रैमाससम्ममा उल्लेख्य प्रगति

पौने खर्बको जीवन बीमा कोष, नाफा ३०५ ले बढ्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । कम्पनीको वित्तीय विवरण अनुसार जीवन बीमा कोष, मुनाफा र व्यवसाय लगायतका सबै सूचांकहरुमा उल्लेख्य प्रगति देखिएको छ ।

आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको जीवन बीमा कोषमा ७४ अर्ब ५७ करोड ८१ लाख १४ हजार रुपैयाँ संचित रहेकोछ ।

कम्पनीको जीवन बीमा कोषको आकार गत आवको तुलनामा १३.३७ प्रतिशतले बृद्धि भएको देखिएको छ । त्यस्तै, कम्पनीको मुनाफामा पनि उच्च बृद्धि भएको छ ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको जगेडा कोषमा ७२ करोड रुपैयाँ संचित रहेको छ । जगेडा कोष र जीवन बीमा कोष सहित कम्पनीको कूल कोषको आकार ७५ अर्ब नाघेको छ ।

कूल पाँच अर्ब एक करोड चुक्ता पुँजि भएको नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको मुनाफा ३०।३० प्रतिशतले बृद्धि भई ३८ करोड ८३ लाख ७९ हजार पुगेको छ ।

गत आ.व.मा कम्पनीको कूल नाफा २९ करोड रुपैयाँ रहेको थियो । कम्पनीको लगानीबाट प्राप्त तथा व्यवसायमा आएको बृद्धिका कारण मुनाफा उच्च बृद्धि गर्न सफल भएको हो । यद्यपि जीवन बीमा कम्पनीहरुको मुनाफा बीमाङ्कीय मूल्याङ्कनको क्रममा हेरफेर हुनसक्नेछ ।

चालु आवको नौ महिनामा नेशनल लाइफले कूल १२ अर्ब ९० लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । पुनर्बीमा शुल्क घटाएर कम्पनीले खुद बीमा शुल्कको रुपमा १२ अर्ब ६२ करोड रुपैयाँ संकलन गर्न सफल भएको छ ।

कम्पनीको व्यवसाय अघिल्लो आवको तुलनामा १३।४४ प्रतिशतले बृद्धि भएको देखिएको छ । त्यस्तै, खुद दावी भुक्तानी २।३७ प्रतिशतले बृद्धि भई पाँच अर्ब ७० करोड भुक्तानी गरेको छ ।

त्यस्तै, कम्पनीले लगानी तथा कर्जा लगानीबाट प्राप्त आम्दानी १५.०३ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आवमा तीन अर्ब ५५ करोड लगानी गरेको नेशनल लाइफले चालु आवको समीक्षा अवधीमा चार अर्ब नौ करोड रुपैयाँ आम्दानी गरेको छ ।

त्यस्तै, बक्यौता दावी भुक्तानी चार करोड ५४ लाख रुपैयाँ मात्रै बाँकी रहेको छ । कम्पनीले कमिशन बापतको रकममा गर्ने खर्च बद्धि एक अर्ब १६ करोड १५ लाख रुपैयाँ रहेको छ । सो मध्ये अधिकांश बीमा अभिकर्ताहरुलाई कमिशन बापत भुक्तानी गरेको हो ।

कम्पनीमा हाल कायम बीमा पोलिसी संख्या १५ लाख ८९ हजार ८९६ वटा रहेकोछ । अघिल्लो वर्षको यसै अवधीमा १५ लाख २९ हजार ४४२ वटा बीमा पोलिसीहरु रहेका थिए ।

समीक्षा अवधीमा नेशनल लाइफको प्रतिशेयर आम्दानी १०.३३ रुपैयाँ रहेको छ । समग्रमा नेशनल लाइफको वित्तीय विवरणमा उल्लेख्य प्रगति देख्न सकिन्छ ।

मुनाफा, जीवन बीमा कोष र व्यवसाय तथा लगानीबाट प्राप्त आम्दानी बृद्धि भएकोले कम्पनीले बीमितलाई दिने बोनस, लगानीकर्तालाई दिने प्रतिफल उच्च हुन पुगेको आज प्रकाशित तथ्याङ्कमा देखिएको छ ।

 

prabhu mahalaxmi
kumari