stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

अजोड इन्स्योरेन्सको आधारभुत निर्जीवन बीमा अभिकर्ताको तालिम सम्पत्र

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

 

गण्डकी प्रदेशमा अजोड इन्स्योरेन्स लिमिटेड पोखरा शाखाको आयोजनामा गत माघ १७, १८ र १९ गते लेक साइड, पोखरामा आधारभुत निर्जीवन बीमा अभिकर्ता तालिम सम्पन्न भएको छ । तालिमको अवसरमा अजोड इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक अनिलकुमार अर्यालले बीमाको परिचय, बीमा व्यवसायको बर्तमान अवस्था रचुनौति देखि यस क्षेत्रको विकास र विस्तारको साथै बिमाको विभिन्न portfolioको वारेमा प्रशिक्षण प्रदान गर्नु भएको थियो ।
केन्द्रिय कार्यालयका बजार विभागका नायब प्रबन्धक विष्णु आचार्यले अभिकर्ताले निर्भाह गर्नु पर्ने भूमिकाको वारेमा प्रकाश पार्नु भएको थियो, भने अजोड इन्स्योरेन्स लिमिटेडका पर्वत शाखाका शाखा अधिकृत हरी सुवेदीले कृषि (बाली तथा पशुपंक्षी) बीमाको वारेमा प्रकाश पार्नुभएको थियो । अजोड इन्स्योरेन्स लिमिटेडको आधारभुत निर्जीवन बीमा अभिकर्ताको तालिममा ३८ जना अभिकर्ताहरुको सहभागीता रहेको थियो भने कार्यक्रमको सञ्चालन अजोड इन्स्योरेन्स लि.का गण्डकी प्रदेशका प्रमुख गोपाल प्रसाद पौडेलले गर्नुभएको थियो । केन्द्रिय कार्यालय मानव संसाधन तथा प्रशासन विभागकी उषा बस्नेतले प्रशिक्षण सहित सहजिकरणको कार्य गर्नु भएको थियो साथै सहजिकरणको कार्यमा पोखरा शाखाका कर्मचारीहरुले पनि सहयोग गरेका थिए ।

prabhu mahalaxmi
kumari