stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

प्रभु बैंकको नाफा थोरै बढ्दा इपीएस घट्यो, निक्षेप खर्ब माथि

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ८ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको भन्दा ४.२२५ हो । गत वर्ष बैंकले १ अर्ब ४ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः १४.१२५ र १२.९४ बढेको छ । यसले खुद नाफा थोरै भए पनि माथि लैजान सहयोग पुगेको देखिन्छ ।

प्रभुको ६ महिनाको वितरण योग्य नाफा भने १ अर्ब ३ करोड ३० लाख रुपैयाँ रहेको छ । पुस मसान्तसम्म १ खर्ब १५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको यस बैंकले ९४ अर्ब ७१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल प्रभुको चुक्ता पुँजी १० अर्ब ३१ करोड रुपैयाँ छ । यो गत वर्षको भन्दा २५.२८५ धेरै हो । चुक्ता पुँजी बढ्नु अनि त्यस अनुपातमा नाफा तथा रिजर्भ लगायतका कोषहरु वृद्धि हुन सकेको छैन ।

जसको असर प्रतिसेयर आम्दानी लगायतका सूचकमा देखिएको छ । प्रभुको खराब कर्जा बढेर ३.१२५ हुन पुगेको छ । खराब कर्जा वृद्धि हुँदा प्रोभिजनमा राख्ने रकम वृद्धि गर्नुपरेको छ । यसले पनि खुद नाफा वृद्धिमा असर गरेको हो । बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ९५ पैसाले घटेर २३.४३ रुपैयाँमा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ भने १४७ रुपैयाँ ६१ पैसा छ ।

prabhu mahalaxmi
kumari bank
kumari