stcnepal long ad
nabil bank
macchha(MBL)

नेपाल टेलिकमले दूरसञ्चार प्राधिकरणलाई बुझायो एकमुष्ट २० अर्ब

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल टेलिकमले दूरसञ्चार प्राधिकरणलाई बुझाउनु पर्ने २० अर्ब रकम बुझाएको छ । जी.एस.एम. मोबाइल सेवाको अनुमतिपत्र बापत बुझाउनु पर्ने तेस्रो नवीकरणबापत सो रकम बुझाएको हो ।

दूरसञ्चार ऐन, २०५३ को दफा २४ बमोजिम २० अर्बमध्ये यस अघि बुझाइसकेको रकम १८ करोड ९० लाख रुपैयाँ घटाइ बाँकी रकम भुक्तानी गरिएको टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमले २५ वर्ष अगाडि २०५६ सालमा जी.एस.एम. मोबाइल सेवाको अनुमतिपत्र लिँदा दूरसञ्चार ऐन, २०५३ को दफा २४ बमोजिम बढाबढबाट कायम भएको अनुमतिपत्र दस्तुर, नवीकरण दस्तुर तथा रोयल्टी रकम तिर्ने बुझाउने सर्त मन्जुर गरेको थियो । सोही सर्त बमोजिम उसले नवीकरण बापत एक मूष्ठ २० अर्ब बुझाउन बाँकी थियो ।

prabhu mahalaxmi
kumari