stcnepal long ad
ime life insurance
global ime bank long

माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीहरुमा IPO निष्काशन गर्ने पहिलो कम्पनीको रुपमा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स 

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीहरुमा IPO निष्काशन गर्ने पहिलो कम्पनीको रुपमा श्री क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने रु.२२,५०,००,०००/– रकम बराबरको कूल २२,५०,००० कित्ता साधारण शेयरहरु प्रति शेयर अंकित मूल्य रु.१००/– दरमा सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि आज मिति २०८१ वैशाख १८ गते धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न श्री एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरि सम्झौता गरिएको छ ।

न्यून आय भएका एवं पिछडिएका क्षेत्रका वासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई लघुजीवन बीमा सेवा पु¥याउने लक्ष्य लिई यस क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स मिति २०७९/१२/२८ मा लघु जीवन बीमाको इजाजत पत्र प्राप्त गरी मिति २०८०/०२/०८ मा नेपाल बीमा प्राधिकरणबाट व्यवसाय सञ्चालन गर्ने स्वीकृती पत्र प्राप्त गरेकोे र कम्पनी रजिष्ट्रारको कार्यालयबाट मिति २०८०/०२/१० मा कारोवारको स्वीकृती प्राप्त गरी पब्लिक लिमिटेड कम्पनीको स्वरुपमा स्थापना भएको यस कम्पनीमा संयुक्त लगानीकर्ताहरुमा नेपाली प्रतिष्ठित व्यवसायी समूहहरुको संस्थापक लगानी ७०% रहेको छ र यस सार्वजनिक निष्काशन पश्चात् सर्वसाधारण लगानीकर्ताहरुको लगानी ३०% रहनेछ ।

उक्त सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठ र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडे द्वारा हस्ताक्षर गरिएको छ ।

prabhu mahalaxmi
kumari