stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको पाँच लाख ९० हजार १८७ कित्ता संस्थापक शेयर लिलामीमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको पाँच लाख ९० हजार १८७ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ ।

कम्पनीले शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरू वा जो–कोही व्यक्ति, कम्पनी, संघसंस्थाहरूले आवेदन दिन पाउने गरी शेयर लिलामीमा ल्याएको हो ।

यस शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १७० रुपैयाँ तोकिएको छ । खरिदकर्ताले कम्तीमा न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

बोलपत्र पेश गर्दा न्यूनतम दुई हजार कित्ता र अधिकतममा सबै कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ ।

उक्त लिलामी शेयर खरिद गर्न इच्छुक लगानीकर्ताहरूले आज (वैशाख १७ गते) देखि जेठ ३ गते कार्यालय समयसम्म आवेदन दिन पाउनेछन् ।

आवेदन बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड, चौथो तल्ला, टे«ड टावर भवन, थापाथली–११, काठमाडौंमा दिनुपर्नेछ । बोलपत्र फाराम पनि सोही स्थानमा पाइनेछ ।

prabhu mahalaxmi
kumari