stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सन नेपाल लाइफ इन्स्योरेन्सले जेठ ९ गते सातौँ वार्षिक साधारण सभा डाक्यो

बोनस सेयर पारित गर्ने देखि हकप्रदको प्रस्ताव

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले साधारण सभा आवहान गरेको छ। इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न र लाभांश वितरणपश्चात कायम चुक्ता पूँजीबाट हकप्रद सेयर निष्काशन गर्ने साधारण सभा बोलाएको हो।

कम्पनीले यस अगाडी नै हाल कायम चुक्ता पूँजीको २३.८० प्रतिशतका दरले बोनस सेयर र सो को कर प्रयोजनार्थ १.२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो।

जुन विशेष प्रस्तावको रुपमा साधारणसभाले पारित गर्नेछ। यस बाहेक सभाले बोनस सेयर वितरण पश्चात कायम चुक्ता पूँजीको २७ प्रतिशतका दरले हकप्रद सेयर जारी गर्ने प्रस्ताब पनि पारित गर्नेछ।

प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले वैशाख २७ गते बुकक्लोज तय गरेको छ।

जस अनुसार वैशाख २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा भाग लिन र कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्न सक्नेछन्।

सन नेपालले साधारण सभा जेठ ९ गते, बुधबार, अमृतभोग केटरर्स प्रा.लि., कालिकास्थान, काठमाडौँमा साधारण सभा बोलाएको हो। साधारण सभा बिहान १० बजे सुरु हुनेछ।

prabhu mahalaxmi
kumari