stcnepal long ad
ime life insurance
global ime bank long

सञ्चालनमा रहेका कुल ३४७ बैङ्क तथा वित्तीय संस्था एकआपसमा गाभिएर १०९ वटा संस्था कायम

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौँ । सञ्चालनमा रहेका कुल ३४७ बैङ्क तथा वित्तीय संस्था एकआपसमा गाभिएर १०९ वटा संस्था कायम भएका छन् ।

बैङ्क तथा वित्तीय संस्था गाभ्नेरगाभिने सम्बन्धी प्रक्रिया सुरु गराए पश्चात् २०८० फागुन मसान्तसम्म कुल ३४७ बैङ्क तथा वित्तीय संस्था एकआपसमा गाभिएका छन् ।

बैङ्क तथा वित्तीय संस्थाहरूलाई एकआपसमा गाभ्नरगाभिन प्रोत्साहन गर्ने नेपाल राष्ट्र बैङ्कको नीतिगत व्यवस्थालाई चालु आर्थिक वर्षमा पनि निरन्तरता दिइएको छ ।

विगत एक वर्षको अवधिमा मर्जर तथा प्राप्ति प्रक्रियामा संलग्न भई वाणिज्य बैङ्कको सङ्ख्या २० कायम भएको छ ।

राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्था गाभ्नेरगाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया सुरु गराएपश्चात् २०८० फागुन मसान्तसम्म कुल ३४७ बैङ्क तथा वित्तीय संस्था एकआपसमा गाभिएर १०९ वटा संस्था कायम भएका छन् । केही खारेज पनि भएका छन् ।

समीक्षा अवधिमा वित्तीय पहुँच विस्तार भइरहेको राष्ट्र बैङ्कले जनाएको छ । २०८० फागुन मसान्तसम्म २० वाणिज्य बैङ्क, १७ विकास बैङ्क, १७ वित्त कम्पनी, ५५ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैङ्क गरी बैङ्क तथा वित्तीय संस्थाको कुल सङ्ख्या ११० रहेको छ ।

चालु आवको फागुन मसान्तसम्म वाणिज्य बैङ्कका पाँच हजार ४१, विकास बैङ्कका एक हजार १३५, वित्त कम्पनीका २८८ र लघुवित्त वित्तीय संस्थाका पाँच हजार १३० गरी बैङ्क तथा वित्तीय संस्थाका कुल शाखा सङ्ख्या ११ हजार ५९४ पुगेको छ ।

यस अनुसार बैङ्क तथा वित्तीय संस्थाको प्रतिशाखाबाट औसतमा करिब दुई हजार ५१५ जनसङ्ख्याले सेवा प्राप्त गर्न सक्ने देखिएको राष्ट्र बैङ्कले जनाएको छ ।

यस्तै चालु आवको फागुन मसान्तमा राष्ट्र बैङ्कले बैङ्कबाट विदेशी मुद्राको कारोबार गर्न इजाजतपत्र लिएका संस्थाको सङ्ख्या तीन हजार ५२७ रहेको छ । यी संस्थामध्ये विप्रेषण सम्बन्धी कारोबार गर्ने कम्पनीको सङ्ख्या ३६ र मनिचेन्जर कम्पनीको सङ्ख्या ३३२ रहेको छ । इजाजतपत्र प्राप्त मनिचेन्जरमध्ये १५३ वटा काठमाडौँ उपत्यकाभित्र र १७९ वटा काठमाडौँ उपत्यकाबाहिर सञ्चालनमा रहेका छन् ।

समीक्षा अवधिमा विदेशी मुद्राको कारोबार गर्न स्वीकृति लिएका फर्मरकम्पनीमा होटेल २३६, ट्रेकिङ १,७३९, ट्राभल एजेन्सी ९७०, कार्गो ६४, एयरलाइन्स ७२, वाणिज्य बैङ्क २०, विकास बैङ्क आठ, वित्त कम्पनी छ अन्य ४४ रहेका छन् ।

prabhu mahalaxmi
kumari