stcnepal long ad
global ime bank long

पिपुल्स पावरको साधारण सभा वैशाख १७ गते 

५० प्रतिशत हकप्रद सेयर जारी गर्ने तयारी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । पिपुल्स पावर कम्पनीको २ आर्थिक वर्षको साधारण सभा एकैपटक बोलाएको छ । कम्पनीको छैंठौं र सातौं वार्षिक साधारण सभा वैशाख १७ गते बस्दैछ । साधारण सभामा कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने मुख्य एजेन्डा पेश गर्नेछ ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी पनि सञ्चालक समितिलाई दिने प्रस्ताव हुनेछ । साधारण सभामा २ आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल गरी पारित गर्नेछ ।

साधारण सभामा संस्थापक सेयरधनीहरुको तर्फबाट १ जना महिला सहित ५ जना र १ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि रहेको छ ।

आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ । साधारण सभा गर्न कम्पनीले चैत २९ गते बुक क्लोज गरिसकेको छ ।

चैत २८ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् । कम्पनीलाई यसअघि नै ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न विद्युत नियमन आयोगले स्वीकृति दिइसकेको छ ।

आयोगको पूर्वस्वीकृतिपछि अब हकप्रद सेयर निष्कासन प्रस्ताव साधारण सभामा पेश हुनेछ । साधारण सभाबाट पारित भएपछि र नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि मात्र हकप्रद सेयर जारी गर्न सुरु हुनेछ ।

यस कम्पनीले हाल सञ्चालनमा रहेको ४.९६ मेगावाट क्षमताको पुवा–२ जलविद्युत आयोजनाको नियमित मर्मतसंभार गर्न, भुक्तानी बाँकी हिसाब परफारक गर्न र नयाँ आयोजनामा लगानी गर्न हकप्रद सेयर जारी गर्न लागिएको जानकारी गराएको छ ।

हाल यसको चुक्ता पुँजी ६३ करोड २६ लाख रुपैयाँ रहेको छ । सोही पुँजीमा ५० प्रतिशत हकप्रद जारी गर्न लागिएको हो ।

हकप्रद पश्चात यसको चुक्ता पुँजी ९४ करोड ८९ लाख रुपैयाँ पुग्नेछ ।साधारण सभा, लीसारा ब्यांकेट, नक्साल काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ ।

IME Lifesidebar
kumari