stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

पूर्वमुख्यसचिव शाक्यको निधन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । पूर्वमुख्यसचिव तीर्थमान शाक्यको निधन भएको छ । नेपाल कानुन समाजका अध्यक्षसमेत रहनुभएका शाक्यको क्यान्सर रोगको उपचारका क्रममा बुधबार ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा निधन भएको हो । लोकसेवा आयोगका पूर्वअध्यक्ष शाक्य ८१ वर्षको हुनुहुन्थ्यो ।

उहाँ डेढ महिनाअघि मात्र भारतको दिल्लीमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्कनुभएको थियो । नेपालको कानुनको मस्यौदा कार्यमा दख्खल प्राप्त गर्नुभएका उहाँ कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवसमेत हुनुभयो ।

पूर्वसचिव गोपीनाथ मैनालीका अनुसार लोकसेवा आयोगमा रहँदा उहाँको नेतृत्वमा पदपूर्ति प्रणालीमा सुधारका थुप्रै काम भएका थिए ।

स्व शाक्यका दुई छोरी र दुई छोरा हुनुहुन्छ भने श्रीमतीको करिब तीन महिनाअघि मात्र निधन भएको थियो ।

prabhu mahalaxmi
kumari