citizens life insurance long ad
stcnepal long ad

प्रभु इन्स्योरेन्स लिमिटेडको २८औं वार्षिक साधारण सभा वैशाख २० गते

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको २८औं वार्षिक साधारण सभा वैशाख २० गते विहीबार, कम्पनीको केन्द्रीय कार्यालय, प्रभु कम्प्लेक्स, तिलकुने, काठमाडौंमा विहानको १० बजेदेखि बस्ने भएको छ ।

साधारण सभाले चुक्ता पूँजी एक अर्ब ३७ करोड ६१ लाख २२ हजार २६० रुपैयाँको ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।

साथै, गत आर्थिक वर्षको वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै, चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ ।

चुक्त पूँजी दुई अर्ब ५० करोड पुर्याउन आवश्यक प्रक्रिया अघि बढाउने, संचालक समितिको संरचना परिवर्तन गरी एक जना महिला र एक जना स्वतन्त्र संचालक सहित ७ जनाको समिति गठन गर्नेछ ।

त्यस्तै, २०७५ जेठ १० गतेको विशेष साधारण सभाबाट निर्वाचित संंचालकहरुको आगामी वार्षिक साधारण सभा सम्मका लागि पदावधि थप गर्ने, मिसाज भट्टचनलाई संचालक नियुक्ति गर्ने, पत्र–पत्रिका तथा संचार खर्च बृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने र संस्थापक शेयरधनी समूह ‘क’ बाट दुई जना ‘ख’ बाट एक र साधारण समूह ‘ग’ बाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक पद तीनको निर्वाचन गर्ने एजेण्डा पनि रहेको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले वैशाख ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरको छ । वैशाख ६ गतेसम्म नेप्सेमा कायम शेयरधनी सभामा भाग लिन तथा लाभांश पाउन योग्य हुनेछन् ।

IME Life
kumari