सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २७औं वार्षिक साधारण सभा आज हुँदै
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले २७औं वार्षिक साधारण सभा आज चैत २७ गते गर्ने भएको छ । इन्स्योरेन्स कम्पनीको फागुन २७ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।
साधारण सभाले सञ्चालक समितिको २७औं वार्षिक प्रतिवेदन २०७९/८० पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित साबिक सगरमाथा इन्स्योरेन्स कम्पनी तथा कम्पनी गाभिएपछि कायम हुन आएको सगरमाथा लुम्बिनी इन्स्योरेन्स इन्स्योरेन्स कम्पनीको २०८० साल आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७९/०८० को नाफा हिसाव तथा नगद प्रवाह विवरण र अनुसूचिहरु पारित गर्नेछ ।
साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहित साबिकको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको कम्पनी गाभिनुभन्दा अघि मिति २०७९/११/२८ गतेसम्मको वासलात, आर्थिक वर्ष २०७९/०८० को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह वि अनुसूचिहरु पारित गर्ने, सञ्चालक समितिले सिफारिस गरे बमोजिम आर्थिक वर्ष २०७९/०८० को मुनाफा मध्येबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ५ प्रतिशतले हुन आउने नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साधारण सभाले लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षण गर्नको लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक तोक्ने, स्वतन्त्र सञ्चालकमा सुश्री निर्मला देवी मानन्धरलाई गरिएको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।
इन्स्योरेन्स कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि चैत १३ गते एक दिनको लागि बुक क्लोज गरेको थियो । त्यसकारण चैत १२ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिनुको साथै प्रस्तावित लाभांश पाउनेछन् ।उक्त साधारण सभा अमृतभोक क्याटरिङ कालिकास्थानमा विहान १० बजे गर्ने जनाएको छ ।

























