evrest bank
citizens life insurance long ad
stcnepal long ad
national life
global bank

प्रभु बैंकको साधारण सभा वैशाख २० गते

बैंकले साधारण सभामा लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन् ।

Prabhu Insurance Long Ad
global bank

काठमाडौं । प्रभु बैंक लिमिटेडको २२औं वार्षिक साधारण सभा वैशाख २० गते बस्ने भएको छ । बैंकको चैत्र २३ गते बसेको संचालक समितिको बैठकले यो निर्णय गरेको हो ।

बैंकले साधारण सभामा लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन् । साधारण सभाले गत आर्थिक वर्षको संचालक समितिको प्रतिवेदन, वासलात, नाफा/नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ ।

त्यस्तै, बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेड र प्रभु स्टक मार्केट लिमिटेडको गत आवको वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण पारित गर्ने र संचालकहरुको नियुक्ती अनुमोदन गर्ने एजेण्डा पनि रहेको छ ।

सभा प्रयोजनार्थ बैंकले वैशाख ४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार वैशाख ३ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन योग्य हुनेछन् ।

वार्षिक साधारण सभा बैंकको केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौंमा विहान १० बजे बस्ने भएको छ ।

himalayan life insurance
igi long