citizens life insurance long ad
stcnepal long ad

सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला एक हजार छ सयले वृद्धि भएको छ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार रु एक लाख ३० हजारमा कारोबार भएकामा आजका लागि भने प्रतितोला रु एक लाख ३१ हजार छ सय कायम भएको छ।

यस्तै, तेजाबी सुन आइतबार रु एक लाख २९ हजार चार सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३० हजार नौ सय ५० मा कारोबार भएको छ।

यस्तै, चाँदीको मूल्य प्रतितोला रु १० ले वृद्धि भएको छ। आइतबार प्रतितोला प्रतितोला रु एक हजार पाँच सय ३५ मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ।

IME Life
kumari