citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो ‘हुन्डाई नयाँ वर्ष, नयाँ हर्ष २०८१’ योजना

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । हुन्डाई अटोमोवाइल्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई मध्यनजर गर्दै ‘हुन्डाई नयाँ वर्ष, नयाँ हर्ष २०८१’ योजना ल्याएको छ । यो योजना २०८० चैत १९ गतेदेखि नेपालभरि शुरू भएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ग्राहकहरूको यात्रा खास बनाउन यसपटक तीन गुणा नगद छुटको आकर्षक अफर ल्याएको छ ।

यो योजनामा ग्राहकहरूले गाडी खरिद गर्दा १ वर्षसम्मको निःशुल्क बीमा तथा सवारी करका साथै तुरुन्तै मूल्याङ्कन तथा एक्सचेन्ज सुविधा पाउनेछन् ।

ग्राहकहरूको सन्तुष्टिका लागि सदैव समय सापेक्षिक ग्राहक लक्षित योजनाहरू ल्याइरहेको कम्पनीले जनाएको छ ।

सबै हुन्डाई गाडीहरूमा ३ वर्ष वारेन्टी, ६ वर्षको फ्री सर्भिसिङ्ग र ईभी गाडीको ब्याट्री मा ८ वर्ष र मोटरमा २ वर्ष वारेन्टी उपलब्ध हुनेछन् ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभरि १७ शोरुमहरू तथा १९ सर्भिस सेन्टरहरू र ४५ं चार्जिङ पोइन्टहरूमार्फत ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ ।​

हुन्डाइका उत्कृष्ट उत्पादनहरूले नेपालभरि धेरै ग्राहकहरूको मन तथा विश्वास जित्न सफल भएको छ ।

‘हुन्डाई नयाँ वर्ष, नयाँ हर्ष २०८१’ अन्तर्गत ग्राहकहरूले कुनै पनि हुन्डाई गाडीको खरिदमा ६ लाख रुपैयाँसम्मको आकर्षक नगद छुट र १० लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन् ।

himalayan life insurance
igi long