stcnepal long ad
global ime bank long

संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषदद्वारा पहिलोपटक गाजामा युद्धविरामको माग

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषदले पहिलो पटक गाजामा युद्धविरामको माग गरेको छ । गाजामा युद्धविराम तत्काल कार्यान्वयन गर्न माग गर्दै संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद् (युएनएससी) मा ल्याइएको प्रस्ताव स्वीकृत भएको हो । बीबीसीका अनुसार अमेरिकाले भने यस प्रस्तावमा भएको मतदानमा भाग लिएको छैन ।

चीनले हिजो गाजामा युद्धविराम तत्काल कार्यान्वयन गर्न माग गर्दै संयुक्त राष्ट्र सुरक्षा परिषद्मा प्रस्ताव पेश गरेको जानकारी गराएको थियो ।

यसअघि अमेरिकाले ल्याएको प्रस्तावलाई चीन र रुसले भिटो गरेका थिए । यो प्रस्ताव तयार गर्न चीनलाई अल्जेरिया र अन्य अरब देशहरूले सघाएका खबरमा उल्लेख छ ।

गएको अक्टोबर ७ मा इजरायलमा विद्रोही समूह हमासले गरेको आक्रमणपछि गाजामा इजरायली हमलामा अहिलेसम्म ३२ हजार भन्दा बढी मानिसको ज्यान गइसकेको छ ।

यसैबीच, संयुक्त राष्ट्रसङ्घको युद्धविरामको प्रस्तावपछि इजरायलले आफ्नो प्रतिनिधिमण्डलको प्रस्तावित अमेरिका भ्रमण रद्द गरेको छ ।

इजरायलका प्रधानमन्त्रीको कार्यालयले संयुक्त राष्ट्र सुरक्षा परिषदमा अमेरिकाको अडानमा परिवर्तन आएपछि यो निर्णय गरेको जनाएको छ ।

IME Lifesidebar
kumari