stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपालमा सामाजिक सञ्जालका रूपमा सूचीकृत भयो भाइबर

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । अनलाइनमा आधारित म्यासेजिङ सेवा प्रदायक राकुटेन भाइबर औपचारिक रूपमा नेपालमा सामाजिक सञ्जालका रूपमा सूचीकृत भएको छ । यससँगै भाइबर नेपालमा सूचीकृत हुने पहिलो सामाजिक सञ्जाल बनेको छ ।

सरकारले गत कात्तिकदेखि कार्यान्वयनमा ल्याएको सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० मा भएको व्यवस्था बमोजिम फागुन २४ गते भाइबर सूचीकृत भएको सञ्चार तथा सूचना मन्त्रालय अन्तर्गतको सामाजिक सञ्जाल व्यवस्थापन एकाइ संयोजक रमेश पाण्डेयले जानकारी दिनुभयो ।

“निर्देशिकामा उल्लिखित सबै प्रक्रिया पूरा गरेर भाइबर सूचीकृत भएको हो,” उहाँले भन्नुभयो । भाइबरले नेपालका लागि तोकेको सम्पर्क व्यक्ति मन्त्रालयमा आएर सूचीकरणको प्रक्रियामा सामेल भएको उहाँले जानकारी दिनुभयो ।

भाइबर सूचीकरण भएसँगै नेपालमा अन्य सामाजिक सञ्जाल सूचीकरणको प्रक्रियाले गति लिने उहाँले बताउनुभयो । उहाँका अनुसार अहिले स्न्यापच्याट, लिङ्क्डइन जस्ता सामाजिक सञ्जाल पनि सूचीकरणको प्रक्रियामा छन् ।

सूचीकृत हुन चाहने सामाजिक सञ्जाललाई भर्चुअल रूपमा पनि सूचीकरण गराउन सक्नेतर्फ मन्त्रालयले योजना बनाइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

नेपालभित्र सेवा प्रदान गर्ने सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित तथा सहजीकरण गर्न आवश्यक रहेको भन्दै सरकारले निर्देशिका जारी गरेर सामाजिक सञ्जाललाई नेपालमा सूचीकरण अनिवार्य गरेको छ ।

सूचीकरण नभएका सामाजिक सञ्जाल सेवाप्रदायकलाई मन्त्रालयले नेपालभित्र सञ्चालनमा रोक लगाउन सक्ने उल्लेख छ । निर्देशिकामा सामाजिक सञ्जाल प्रयोगकर्ताले सामाजिक सञ्जाल प्रयोग गर्दा गर्न हुने वा नहुने विषय पनि उल्लेख छ ।

नेपालमा सूचीकरण भएको भाइबर सन् २०१० मा इजरायलमा स्थापना भई साइप्रसमा दर्ता भएको कम्पनी हो । पछि सन् २०१४ माजापानी कम्पनी राकुटेनले खरिद गरेर राकुटेन भाइबरका रूपमा सञ्चालन भइरहेको छ ।

IME Lifesidebar
kumari