वाणिज्य बैंकहरूले व्यक्तिगत ब्याजदर घटाउँदा संस्थागतमा बढाए
काठमाडौं । बैंकहरूमा अधिक रूपमा लगानीयोग्य रकम थुप्रिएपछि वाणिज्य बैंकहरूले चैत महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन् । यद्यपि, डुब्ने हल्लाका कारण सकसमा परेको एनआईसी एसिया बैंकले भने चैतका लागि ब्याजदर बढाएको छ ।
सकसमा रहेको एनआईसीले बढायो ब्याजदर
सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले व्यक्तिगत निक्षेपमा ब्याज घटाए पनि संस्थागत निक्षेप तान्नका लागि भने ब्याजदर बढाएका छन् ।
बैंकहरूले चैत महिनाका लागि व्यक्तिगत निक्षेपमा औसत शून्य दशमलव ५ प्रतिशत ब्याज घटाएका छन् भने संस्थागत निक्षेपमा शून्य दशमलव २६ प्रतिशत ब्याज बढाएका छन् ।
बैंकहरूले प्रकाशित गरेको ब्याजदर तालिकानुसार व्यक्तिगत निक्षेपतर्फ सबभन्दा बढी ब्याज दिने बैंकमा एनआईसी बनेको छ । उसले व्यक्तिगत निक्षेपमा ८ दशमलव ५४ र संस्थागतमा ७ दशमलव ५४ प्रतिशत ब्याज दिने भएको छ ।
यसअघि फागुनमा सो बैंकको ब्याजदर ८ प्रतिशत थियो । त्यसैगरी, संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर पनि ६ प्रतिशतबाट बढाएर ७ दशमलव ५४ प्रतिशत पु¥याएको छ ।
यसैगरी, सिटिजन्स बैंले ७ दशमलव ७५ प्रतिशत ब्याज दिने भएको छ । ग्लोबल आईएमईले ७ दशमलव ६ प्रतिशत व्यक्तिगतमा र संस्थागतमा ६ दशमलव ६ प्रतिशत ब्याज दिने भएको छ ।
बढी ब्याज दिने बैंकहरूमा प्रभु, सानिमा, नबिल, कुमारी, सिद्धार्थ, लक्ष्मी सनराइज, हिमालयन परेका छन् । यी बैंकले चैत महिनामा ७ प्रतिशतभन्दा बढी ब्याज व्यक्तिगत निक्षेपमा प्रदान गर्नेछन् ।
गत फागुन महिनामा सबैभन्दा बढी ब्याज दिने बैंकमा एनएमबी, सिटिजन, हिमालयन, कुमारी, नेपाल एसबीआई, एनआईसी एसिया,माछापुच्छ्रे , सिद्धार्थ, लक्ष्मी, नेपाल इन्भेस्टमेन्ट मेगा र एभरेस्ट बैंक रहेका थिए ।
चैतका लागि सार्वजनिक ब्याजदरनुसार बैंकहरूको ब्याजदर औसतमा शून्य दशमलव ५०४२ प्रतिशत बिन्दुले घटेको छ । फागुन महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा ७ दशमलव ७५ प्रतिशत बिन्दु रहेको २० बैंकहरूको अधिकतम औसत ब्याजदर चैत महिनामा घटेर ७ दशमलव २५ प्रतिशत बिन्दुमा झरेको छ ।
त्यसैगरी, संस्थागत मुद्दती निक्षेपको ब्याजदर भने बढेको छ । फागुनमा ५ दशमलव ७४ प्रतिशत बिन्दु रहेको बैंकहरूको संस्थागत निक्षेपको अधिकतम औसत ब्याजदर चैतमा शून्य दशमलव २६ प्रतिशत बिन्दुले बढेर ६ प्रतिशत पुगेको छ ।
चैत महिनामा सबैभन्दा बढी ब्याजदर घटाउने बैंकमा एभरेस्ट र एनएमबी बैंक रहेका छन् । यी दुवै बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर १ दशमलव ५ प्रतिशत बिन्दुले घटाएका छन् भने संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर शून्य दशमलव ५ प्रतिशत बिन्दुले घटाएका छन् ।
यसैगरी, नेपाल एसबीआई बैंकले पनि संस्थागतमा १ दशमलव शून्य ९ प्रतिशत र संस्थागतमा शून्य दशमलव शून्य ९ प्रतिशत घटाएको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले पनि संस्थागतमा १ प्रतिशत ब्याजदर घटाएको छ भने संस्थागतमा स्थिर राखेको छ ।
बैंकहरूको ब्याज तथ्यांकनुसार प्रभु बैंक र ग्लोबल आईएमई बैंकले व्यक्तिगत निक्षेपमा फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । यी दुई बैंकले चैत महिनामा पनि व्यक्तिगत मुद्दतीमा ७ दशमलव ५ प्रतिशतका दरले नै ब्याज दिने भएका छन् । यद्यपि, यी दुई बैंकहरूको संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर भने १ प्रतिशतले बढेको छ ।
चैत महिनाका लागि कृषि विकास बैंकको ब्याजर सबैभन्दा कम रहेको छ । सो बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतममा ५ दशमलव ६६१ प्रतिशत र संस्थागत मुद्दतीमा अधिकतम ४ दशमलव शून्य १ प्रतिशतका दरले ब्याज दिने भएको छ ।
कृषि विकासले व्यक्तिगतमा शून्य दशमलव ७८ प्रतिशत र संस्थागतमा शून्य दशमलव ४३ प्रतिशत ब्याज घटाएको छ । बैंकहरूमा अधिक तरलता रहेकाले चैतका लागि बैंकहरूले ब्याजदर घटाएका हुन् । हाल बैंकहरूमा ६ खर्बभन्दा बढी अधिक तरलता छ ।
चैत महिनाका लागि प्राइम कमर्सियल बैंकले व्यक्तिगत मुद्दतीतर्फ ७ दशमलव २५ प्रतिशत र संस्थागततर्फ ६ दशमलव ६ प्रतिशत बनाएको छ । नेपाल बैंकले व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको छ ।
यस्तै, सानिमा बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ ७ दशमलव २५ प्रतिशत र संस्थागततर्फ ६ दशमलव २५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ५ दशमलव ३५ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्डले पनि व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ५ दशमलव २५ प्रतिशत ब्याजदर तोकेका छन् ।
सिटिजन बैंकले व्यक्तिगत मुद्दतीतर्फ ७ दशमलव ७५ प्रतिशत र संस्थागततर्फ ६ दशमलव १५ प्रतिशत, नबिल बैंकले व्यक्तिगततर्फ ७ दशमलव २५ प्रतिशत र संस्थागततर्फ ६ दशमलव २५ प्रतिशत ब्याजदर बनाएका छन् ।
कुमारीले व्यक्तिगततर्फ ७ दशमलव ५१ प्रतिशत र संस्थागततर्फ ६ दशमलव ५१ प्रतिशत, सिद्धार्थ र लक्ष्मी सनराइजले व्यक्तिगततर्फ ७ दशमलव ५ प्रतिशत र संस्थागततर्फ ६ दशमलव ५ प्रतिशत, हिमालयन बैंकले व्यक्तिगततर्फ ७ दशमलव ५ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याज प्रदान गर्ने भएका छन् ।
एनएमबी बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत, एभरेस्ट बैंकले व्यक्तिगततर्फ ६ दशमलव ५ प्रतिशत र संस्थागततर्फ ५ दशमलव ५ प्रतिशत ब्याज प्रदान गर्ने भएका छन् ।आजको राजधानी दैनिकमा समाचार छ ।