citizens life insurance long ad
stcnepal long ad

चैत २० गते सूर्यज्योति लाइफ इन्स्योरेन्सको १.४२ करोड बढी कित्ता शेयरको लकइन अवधि सकिँदै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको १ करोड ४२ लाख बढी कित्ता शेयरको लकइन अवधि चैत २० गते सकिने भएको छ।

कम्पनीले आज एक सूचना जारी गर्दै साविकको ज्योति लाइफ इन्स्योरेन्सको संस्थापकको शेयर, संस्थापक समूहबाट सर्वसाधारणमा परिणत भएको शेयर र कर्मचारी गरी कुल १ करोड ४२ लाख ६६ हजार ३२३.५ कित्ता शेयरको लकइन अवधि चैत २० गते सकिने जानकारी गराएको हो।

जसमा साविकको ज्योति लाइफ इन्स्योरेन्सको संस्थापकको स्वामित्वमा रहेको १ करोड १ लाख ७५ हजार ९७९ कित्ता, संस्थापक समूहबाट सर्वसाधारणमा परिणत भएको ३७ लाख ९१ हजार ५१ कित्ता र कर्मचारीको स्वामित्वमा रहेको ९ लाख ९९ हजार २९३.५० कित्ता रहेको छ।

साविकको ज्योति लाइफ र सूर्या लाइफ एक–आपसमा गाभिएर २०७९ पुस ७ गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु भएको छ।

सूर्या लाइफसँग मर्जरमा जानुअघि नै साविकको ज्योति लाइफले तीन वर्षपहिले सर्वसाधारणलाई आइपीओ ल्याएको थियो।

कम्पनीका सञ्चालक, कार्यकारी प्रमुख, कम्पनी सचिव, उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारी र लेखासम्बन्धी प्रत्यक्ष कार्यमा संलग्न कर्मचारीको हकमा भने शेयर रोक्का नै रहने कम्पनीले जनाएको छ।

IME Life
kumari