stcnepal long ad
ime life insurance
global ime bank long

अंगीकृत नागरिकतामा संवेदनशील नभए क्षेत्री समाजले आन्दोलन गर्ने

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । क्षेत्री समाज नेपालले अंगीकृत नागरिकताका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरेको छ। बुधबार एक
विज्ञप्ति जारी गर्दै समाजले विवाह गरी आउने वैदेशिक नारीलाई कम्तिमा पनि ७ वर्ष पछिमात्र नागरिकता प्रदान गर्न माग समेत गरेको छ।

समाजका अध्यक्ष प्रा.डा. दिलबहादुर क्षत्री र महासचिव केशबहदुर केसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा नागरिकता जस्तो संवेशनशिल विषयमा राजनीतिक पार्टीहरुले आफ्ना स्वार्थसिद्धका लागि प्रयोग गरेको आरोप लगाएको छ।

‘यति बेला नेपाली नागरिकताको सन्दर्भमा नागरिकता विधेयक संसदमा प्रस्तुत हुने अवस्था छ । संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुबीच मतैक्य हुन सकेको छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘सत्तासीन दल नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले अंगीकृत नागरिकता प्राप्त गर्न सात वर्ष अवधी राख्नुपर्ने निर्णयमा पुगेको छ भने प्रतिपक्ष दलहरु विहे गर्ने वित्तिकै नागरिकता दिनुपर्ने जिकिर गर्दै आएका छन्।’

क्षेत्री समाजले मुलुकको हितराई दृष्टिगत गरी नागरिकता जस्तो संवेदनशील विषयलाई मध्यनजर गर्दै नेपाली पुरुषसँग विहे गर्ने विदेशी महिलालाई विहे गरेको सात वर्षपछि मात्र नागरिकता दिन माग पनि गरेको छ।

prabhu mahalaxmi
kumari