एनआइसी एशिया क्यापिटल ल्यायो इनकम ग्यारेण्टेड फण्ड योजना

काठमाडौं । एनआइसी एशिया क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत इनकम ग्यारेण्टेड फण्ड नामक नयाँ योजना ल्याएको छ। यस योजना अन्तर्गत लगानीकर्ताले निश्चित प्रतिफल प्राप्त गर्ने छन् ।
क्यापिटलले बिशेष गरि गृहिणी, अवकाश प्राप्त व्यक्ति, नियमित आय आवश्यक पर्ने व्यक्तिहरु तथा जोखिम लिन नचाहने लगानीकर्ताहरुको लागि यस योजना संचालनमा ल्याएको जनाएको छ ।
यस योजना असार ११ गतेदेखि सिमित अवधिका लागि मात्र लागु हुने क्यापिटलले जनाएको छ ।