stcnepal long ad
global ime bank long

१५ हजार घुससहित वन कार्यालयका रेन्जर पक्राउ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ हजार घुस सहित वन कार्यालयका रेन्जर राम अशिष यादव पक्राउ गरेको छ । जलेश्वर सब डिभिजन वन कार्यालय,बखरी महोत्तरीमा कार्यरत रेन्जर राम अशिष यादवले घरायसी चिरान काठ लोड गरेको ट्याक्टर नियन्त्रणमा लिइ घुस माग गरेको सूचनाको आधारमा पक्राउ गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन् । आयोगको बर्दिवासको टोलीले यादवलाई जिल्ला सहकारी वकिलको कार्यालयबाट १५ हजार घुस लिइसकेको अवस्थामा पक्राउ गरेको अख्तियारले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

IME Lifesidebar
kumari