citizens life insurance long ad
stcnepal long ad

उपत्यकाका ट्राफिक बत्ती सञ्चालनमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि गरेको बन्दाबन्दीमा बन्द रहेका उपत्यकाका ट्राफिक बत्ती सञ्चालनमा आएको छ । सरकारले बन्दाबन्दीको स्वरुप परिवर्तन गरेर जोर–बिजोर प्रणाली लागू गरेर सवारीको चाप बढेसँगै उपत्यकाका ट्राफिक बत्ती सञ्चालनमा आएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले नयाँ बानेश्वर, सिंहदरबार, पद्मोदय मोड, सुविधानगर, गैरीगाउँ, नयाँठिमी चोक, कालिमाटी, गौशाला, मित्रपार्क, नारायणगोपाल चोक लगायतका ट्राफिक बत्ती सञ्चालनमा आएको जानकारी दिए । ‘बन्दाबन्दीको स्वरुप परिवर्तन गरेर निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेसँगै उपत्यकामा सवारी चाप बढेकाले ‘ट्राफिक बत्ती’ सञ्चालनमा ल्याएका हौँ’ उनले भने ।

महाशाखाले ट्राफिक बत्तीको सञ्चालन गरेसँगै ट्राफिक नियमको पालना नगर्ने सवारी साधनलाई कारवाही समेत गर्ने भएको छ । प्रविधि मैत्री ट्राफिक व्यवस्थापनलाई प्राथमिकता दिँदै महाशाखाले सम्बन्धित निकायसँगको सहकार्यमा विगत नौ वर्षदेखि बिग्रेर रहेका १८ स्थानका ट्राफिक बत्ती सञ्चालनमा ल्याएको थियो । ट्राफिक बत्ती जडानसँगै ट्राफिक प्रहरीलाई उपत्यकाको ट्राफिक व्यवस्थापनमा समेत सहज हुँदै आएको छ ।

IME Life
kumari