stcnepal long ad
ime life insurance
national life
global ime bank long

स्वास्थ्य सामग्रीमा भएको अनियमितताबारे लेखा समितिले छानबिन थाले

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । चीनबाट खरिद गरिएका कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्रीमा भएको भनिएको अनियमितताबारे प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले छानबिन थालेको छ ।

ओम्नी बिजनेस प्रा.लि.ले ल्याएको उक्त स्वास्थ्य सामग्री खरिदबारे छानबिन गर्ने क्रममा पहिलो चरणमा स्वास्थ्य सेवा विभागका महानिर्देशक  र स्वास्थ्य तथा जनसंख्या विभागका सचिवलाई बोलाएको हो ।

सार्वजनिक लेखा समितिको सोमबारको बैठकले स्वास्थ्य सामग्री खरिद सम्बन्धी कागजात मन्त्रालय र विभागबाट मगाएर अध्ययन गरेपछि महानिर्देशक र सचिव दुवैलाई बोलाउने निर्णय गरेको हो ।

स्वास्थ्य सामग्री खरिद सम्बन्धी कागजातबाट निस्केका निष्कर्ष समेटिएको संक्षिप्त प्रतिवेदन समितिमा रहेका सांसदहरूलाई वितरण गरि सकिएको जनाइएको छ । अब उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिलाई पनि बोलाइने तयारी भएको जानकारी गराइएको छ ।

ओम्नीले ल्याएको स्वास्थ्य सामग्री खरिदका कागजातको प्रारम्भिक अध्ययनबाट मन्त्रालय र विभागले ठेक्का दिने क्रममा प्रक्रिया नपु¥याएको पाइएको बताइएको छ । स्वास्थ्य सामग्री खरिदबारेका कागजात प्रधानमन्त्री कार्यालय र नेपाली सेनासँग पनि मगाइएको जानकारी गराइएको छ ।

सरकारले ओम्नी समूहको ओबीसीआई प्राइभेट लिमिटेड कम्पनी मार्फत सवा एक अर्ब रुपैयाँ बराबरको स्वास्थ्य सामग्री खरिद गरी मगाएको थियो ।

गगल्स, गाउन, जाँच गर्ने पञ्जा, सफाइमा प्रयोग हुने पञ्जा, एन–९५ मास्क, डिस्पोजेबल जुत्ता तथा अनुहार छोप्ने सामग्री, इन्फ्रारेड थर्मोमिटर, कोरोना परीक्षण गर्ने पोर्टेबल पीसीआर मेसिन, पोर्टेबल पीसीआर रिएजेन्ट लगायतका स्वास्थ्य सामग्रीहरु सरकारले खरिद गरेको थियो ।

सार्वजिक लेखा समितिले उक्त स्वास्थ्य सामग्रीहरु बजार मूल्य भन्दा पनि अत्यन्तै महँगो मूल्यमा खरिद गरेको जनाएको छ ।

IME Lifesidebar
kumari