stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

पञ्चकन्या स्टिलले ल्यायो लकडाउनका बेलामा नयाँ फलामे छड

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । पञ्चकन्या स्टिलले उत्कृष्ट लचकता भएको अर्को उत्पादन ५५० एक्स्डी.. र ५०० एक्स्. डी. नयाँ फलामे छड सार्वजनिक गरेको छ । पञ्चकन्या प्राईम स्टिलमा शुद्ध रासायनिक तत्व सल्फर, फोस्फरस तथा न्यून कार्बनको प्रयोग भएको छ । जसले गर्दा यसमा उच्च लचकता, लम्बाईको आकारमा पनि एकरुपता र आकर्षक रिवारले युक्त छ ।

जसरी ५०० डी मा हामीले ग्राहकलाई पूर्ण विश्वास दिलाएका थियौं त्यसैगरी यसको शक्तिमा पनि एकरुपता तथा बारहरुलाई धेरै भन्दा धेरै तन्काउन सकिने क्षमता र ठूलो भुकम्पमा पनि क्षति नपुग्ने गरी लामो आयु भएको कम्पनीले दाबी गरेको छ ।

नयाँ रिब्ड डिजाइन भएको ५०० एक्स्. डी. र ५५० एक्स्. डी. प्रति युनिटको लम्बाईमा त्यसको पारदर्शीता स्पष्ट देखिने भएकाले यसलाई अझ बढी सुदृढ र बलियो बनाएको छ । यसले कन्क्रिटमा पनि सजिलै पकड गर्ने क्षमता राख्ने बताएको छ ।

पञ्चकन्या ५०० एक्स्. डी.जुनसुकै विकासका पूर्वाधारका कामहरु र ५५० एक्स्. डी. का छडहरु ठुलाठुला आयोजना तथा अग्लाअग्ला निर्माणका लागि हुने दृढता साथ पैसाको पनि बचत हुने कम्पनीले जनाएको छ ।

उच्च लचकता भएका रिबारहरु ८ मी।मी। र ४० मी।मी। साईजमा उपलब्ध गराउन सकिनेछ । एक्स्. डी. ग्रेडका उच्च गुणस्तर भएका बारहरुमा कम्पनीले कुनै पनि मूल्य वृद्घि गरेको छैन र ५०० डी ग्रेड पुरानै मुल्य अनुसार नै उपलब्ध गराइने जानकारी गराएको छ ।

prabhu mahalaxmi
kumari