माउन्टेन ग्लोरी लिमिटेडको साधारण शेयर निष्काशन सम्झौता
काठमाडौं । बिगत ८ वर्ष देखि दोभिल्ला, पोखरा स्थित माउन्टेन ग्लोरी फोरेष्ट रिसोर्ट एण्ड स्पा संचालन गरी आएको माउन्टेन ग्लोरी लिमिटेडले सर्वसाधारणहरुको लागि रु.१००/— अकिंत दरको ४०,००,००० कित्ता साधारण शेयर निष्काशन गर्नका लागि लक्ष्मी सनराइज बैंकको सहायक कम्पनी एल एस क्यािपटल लिमिटेड, नयाँ बानेश्वर, काठमाडौलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरिएको छ ।
साधारण शेयर निष्काशनकार्यको लागिकम्पनीको तर्फवाट अध्यक्ष शुनिल भक्त श्रेष्ठ तथा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठका बीच द्धिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरी निकट भविष्यमा उक्त साधारण शेयर निष्काशन गरिने सम्झौताभएको छ ।
जारी पूँजी रु.१ अर्व ५० करोड रहेको माउन्टेन ग्लोरी लिमिटेडले पोखराको दोभिल्ला स्थित करिब ७० रोपनी क्षेत्रफलमा फैलिएको ६४ कोठा सहित बिषेश सुविधा सम्पन्न रिजोर्टको रुपमा माउन्टेन ग्लोरी फोरेष्ट रिसोर्ट एण्ड स्पा संचालन गरी सुविधा उपलब्ध गराउदै आएको छ ।
निकट भविष्यमा शेयर निष्काशनपश्चात कोठाहरु थप गरी विदेशी होटल संग अनुबन्धन गरे पश्चातपाँचतारे होटलकोे रुपमा सेवाउपलब्ध गराउने योजना समेत कम्पनीको रहेको छ ।























