stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

अधिक तरलता भएपछि बैंक–वित्तीय संस्थाबाट २० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न २० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ ।

बैंकले आज बिहीबार पुस २६ गते बैंक तथा वित्तीय संस्थाहरुको तरलता खिच्न निक्षेप संकलन मार्फत् २० अर्ब रुपैयाँ तान्ने भएको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले बिहीबार दिउँसो २ बजेसम्म बोलकबोल मार्फत आवेदन दिन सक्नेछन् ।

बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । केन्द्रीय बैंकले ७ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । माघ ४ गते यसको साँवा र ब्याज भुक्तानी हुने केन्द्रीय बैंकले जनाएको छ ।

यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग  जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

prabhu mahalaxmi
kumari