stcnepal long ad
Himalayan bank

माघ महिनाको लागि कुमारी बैंकले पनि ब्याजदर घटायो

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । माघ महिनाको लागि कुमारी बैंकले पनि ब्याजदर घटाएको छ । बैंकले बिहीबार सूचना जारी गर्दै माघ महिनामा मुद्दति निक्षेपमा अधिकतम ८.११% ब्याजदर दिने जनाएको छ ।

बैंकले १ वर्षभन्दा बढी अवधिको लागि उक्त ब्याजदर निर्धारण गरेको हो । पुस महिनामा बैंकले अधिकतम ९.३१% ब्याजदर दिंदै आएको छ । यसले माघ महिनाको लागि ३ देखि ६ महिनाको मुद्दति निक्षेपको ब्याजदर ६.५०% निर्धारण गरेको छ ।

यस आधारमा माघ महिनामा यस बैंकले मुद्दति निक्षेपमै अधिकतम ८.११% र न्यूजतम ६.५०% मात्र ब्याज दिने भएको छ ।

यसअघि माघ महिनादेखि लागू गर्ने गरी एनआइसी एसिया बैंकले पनि ब्याजदर घटाइसकेको छ । बैंकिङ प्रणालीमा अधिक तरलता रहेको र कर्जा अपेक्षा अनुसार प्रवाह हुन नसकेपछि बैंकहरुले अहिले ब्याजदर घटाउने निर्णयमा पुगेका हुन् ।

निक्षेपको ब्याजदर घट्दै जाँदा लागत कम पर्ने र यसले कर्जाको ब्याजदर घटाउन पनि मद्दत गर्नेछ । निक्षेपको ब्याजदर घटेपछि बेस रेट पनि घट्नेछ ।

himalayan life insurance
igi long