stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कोरियाबाट २३६ नेपाली भोली शनिबार स्वदेश फर्कदै

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad
काठमाडौं ।  प्रवेशाज्ञा अवधि सकिएकामध्ये २३६ जना नेपाली शनिबार स्वदेश फर्किने भएका छन् ।
नेपाली राजदूतावास सउलको पहलमा कोरियन एयरको चार्टर्ड विमान केई ९६९५ नेपाली यात्रु बोकेर नेपाल आउन लागेको हो ।

नेपाल आउनेहरूको सूचीमा प्रवेशाज्ञावधि सकिएका तथा नेपाल फर्कनुपर्ने आवश्यकता हेरी सकेसम्म सबैभन्दा बढी आवश्यकता भएकालाई प्राथमिकतामा समेटिएको छ ।

तीमध्ये अवैधानिक बसोबास गरेका अभियोगमा दक्षिण कोरियामा बन्दी जीवन बिताइरहेका मध्येबाट १५, बिरामी तथा गर्भवती ३६ जना सहित कोरियामा रोजगारी वा अन्य सिलसिलामा रही प्रवेशाज्ञावधि सकिएर नेपाल आउन नसकेकाहरू रहेको गैरआवासीय नेपाली संघ कोरियाका महासचिव विमल सुवेदीले बताए ।

यात्रुले टिकट वापत झण्डै ८५ हजार रुपैयाँ तिरेका छन् । यसका साथै नेपाल पुगेर अनिवार्य बस्नुपर्ने १४ दिनको क्वारेन्टाइन र क्वारेन्टाइन अवधि सकिएपछि घर पुग्नुपर्ने सम्पूर्ण खर्च स्वयंले बेहोर्नुपर्नेछ ।
नेपाल आउने यात्रुले उड्नुअघि पीसीआर जाँच गराएको र  सबैको रिपोर्ट नेगेटिभ आएको छ । पोजेटिभ आएमा उडान अनुमति नहुने बताइएको छ । स्वदेश फर्किन चाहने अरु यात्रुका हकमा भने अर्को चार्टर्ड विमान कहिले उड्ने वा नउड्ने भन्नेबारे बताइएको छैन ।
यसअघि पटकपटक नेपाल एयरलाइन्सको चार्टर्ड विमान काठमाडांैबाट कोरिया र कोरियाबाट पुनः काठमाडौं उडाउने भनिए पनि कोरिया सरकारको विभिन्न नियम पूरा गर्न नसक्दा उक्त उडान अझै अनिश्चित छ ।
यससँगै नेपालमा अड्केका नेपाली मजदुरहरु कहिले कोरिया फर्किने भन्ने पनि अन्योल नै रहेको छ ।  रासस
prabhu mahalaxmi
kumari