राजपत्रमा पनि आयो नेपालको नयाँ नक्सा सहितको निशान छाप
काठमाडौं : नेपालको नयाँ नक्सा सहितको निशान छाप समावेश भएको सूचना राजपत्रमा प्रकाशत गरिएको छ ।
लिम्पियाधुरा सम्मको भूभाग नेपालको निशान छापमा समावेश गरिएको सूचना राजपत्रमा आएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार संविधान संशोधन विधेयक प्रमाणीकरण गरेपछि यसलाई राजपत्रमा सूचना प्रकाशित गर्न पठाइएको थियो । संघीय संसदको दुवै सदनले संविधान संशोधन विधेयकलाई सर्वसम्मतिले पारित गरेका थिए ।
योसँगै नेपालको नक्सामा छुटेको भूमि समेटिएको छ ।
संसदमा संशोधन विधेयक दर्ता भएको २८औं दिनमा अभूतपूर्व राष्ट्रिय एकतासहित बिहीबार संशोधन प्रक्रियाले पूर्णता पाएको हो ।
विधेयक बिहीबार नै राष्ट्रियसभाले सर्वसम्मति रुपमा पारित गरेर पठाएपछि सभामुख अग्निप्रसाद सापकोटाले तत्कालै प्रमाणित गरी राष्ट्रपति कार्यालय पठाएका थिए ।
त्यसको केही घण्टामै राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयक प्रमाणीकरण गरेकी थिइन् ।
यससँगै लामो समयदेखि नेपालको नक्साबाट हराएको लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितका भूभाग संविधानमै समेटिको छ । यसअघि २०३२ सालसम्म नेपालको औपचारिक नक्सामा रहेको लिम्पियाधुरासम्मको भूभाग नेपाल आफैंले नक्सा जारी गर्दा छुटाएको बताईंदै आएको छ । छुटेका भूभाग कागजीरुपमा फिर्ता आएको छ ।

अब यसलाई कार्यान्वयन तहमा लैजानुपर्ने चुनौती रहेको छ ।