चिलिमे जलविद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । चिलिमे जलविद्युत कम्पनीको लाभांश सुरक्षित गर्ने आज बिहबार पुस ५ गते अन्तिम दिन हो ।
चिलिमे जलविद्युतले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १५% लाभांश वितरण गर्दैछ । यस कम्पनीले लगानीकर्तालाई १०% बोनस सेयर र ५% नगद लाभांश (कर सहित) दिन लागेको हो । कम्पनीले लाभांश पारित गर्न पुस २० गते वार्षिक साधारण सभा बोलाएको छ ।





















