stcnepal long ad
ime life insurance
global ime bank long

थप सैन्य सहयोगका लागि अमेरिकासँग जेलेन्स्कीको हारगुहार

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकासँग थप सैन्य सहयोगका लागि आग्रह गरेका छन् ।अमेरिकाभित्र राजनीतिक विवादका कारण दशौं लाख डलरको सहायता प्याकेज अमेरिकी संसदमा अल्झिरहेका बेला जेलेन्स्कीले अमेरिका समक्ष थप सहयोगका लागि विशेष आग्रह गर्नुभएको हो ।

अमेरिका भ्रमणका क्रममा अमेरिकी सैन्य अधिकारीहरुलाई सम्बोधन गर्दै जेलेन्स्कीले युक्रेन आफ्नो स्वतन्त्रता रक्षाका लागि मात्रै नभइ विश्वको प्रजातन्त्र बचाउन युद्ध लडिरहेको जिकीर गर्नुभयो ।

क्यापिटोल हिल (अमेरिकी संसद) मा सहायता प्याकेज सम्बन्धि विधेयक अल्झिने हो भने त्यसले भ्लादिमिर पुटिन र उनको रोगी समूहलाई मात्रै फाइदा गर्ने उहाँको भनाइ थियो ।

रुसले युक्रेनमा आक्रमण गरेपछि तेस्रो पटक वासिङ्टन पुग्नु भएका जेलेन्स्कीले आज राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । बाइडेनसँग पनि उहाँले यसैगरी आग्रह गर्ने अनुमान गरिएको छ ।

prabhu mahalaxmi
kumari