stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल राष्ट्र बैंकले १४ अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण नवीकरण गर्ने

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले १४ अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण नवीकरण गर्ने भएको भने थप ४ अर्ब रुपैयाँ उठाउने भएको छ।

केन्द्रीय बैंक यसअघि ट्रेजरी बिल मार्फत उठाएको १४ अर्ब ५० करोड रुपैयाँको आन्तरिक ऋण नवीकरण गर्ने भएको हो।

जसमा ९१ दिने अवधिमा ८ अर्ब ५० करोड रुपैयाँ र ३६४ दिने २ अर्ब रुपैयाँको ट्रेजरी बिल रहेका छन्। यी ट्रेजरी क्रमशः फागुन २९ गते र २०८१ मंसिर २५ गते परिपक्व हुनेछन्।

यसैगरी राष्ट्र बैंकले १८२ दिने ४ अर्ब रुपैयाँ नयाँ ट्रेजरी बिल जारी गर्नेछन्। यो २०८१ जेठ २९ गते परिपक्व हुनेछन्। यी ट्रेजरी बिल मंसिर २६ गते जारी हुनेछ। यसको बोलकबोल भोलि मंसिर २५ गते दिउँसो २ बजे हुनेछ।

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सोही प्रयोजनका लागि राष्ट्र बैंकले ट्रेजरी बिल नवीकरण गर्न लागेको हो।

prabhu mahalaxmi
kumari