stcnepal long ad
ime life insurance
global ime bank long

अधिक तरलता व्यवस्थापनमा आक्रामक बन्दै राष्ट्र बैंक, बैंकिङ प्रणालीबाट भोलि फेरि १० अर्ब तान्दै

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंक आक्रामक ढंगले अगाडि बढिरहेको छ। यसका लागि केन्द्रीय बैंकले मंसिर महिनामा पाँचौँपटक फेरि बैंकिङ प्रणालीबाट पैसा तान्ने भएको छ।

केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गरी बैंकिङ प्रणालीबाट भोलि बुधबार फेरि १० अर्ब रुपैयाँ तान्न लागेको हो। यो सहित मंसिर महिनाको अहिलेसम्म पाँचौँपटक निक्षेप संकलन उपकरण प्रयोग गरी अधिक तरलता व्यवस्थापन गर्न लागेको छ।

यो निक्षेप संकलन उपकरणको बोलकबोल भोलि दिउँसो २ बजे गरिनेछ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

यो ७ दिने निक्षेप संकलन उपकरणको मंसिर २७ गते साँवा तथा ब्याज भुक्तानी गर्नेछ। यसअघि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोगरी मंसिर १७ गते १० अर्ब रुपैयाँ, मंसिर १४ गते १५ अर्ब रुपैयाँ, मंसिर १२ गते १० अर्ब रुपैयाँ र मंसिर ६ गते १० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तानेको थियो।

prabhu mahalaxmi
kumari