stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

जिएमइ रेमिट र बहराईनको अलयुसुफ एक्सचेन्जबीच रेमिटान्स सम्झौता

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बहराईनको ख्याति प्राप्त रेमिटान्स कम्पनी अलयुसुफ एक्सचेन्ज र जिएमइ रेमिट प्रा.लि बीच रेमिटान्स सम्झौता भई कारोबार सुरु भएको छ ।

उक्त सम्झौतामा जिएमइ रेमिटको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल र अलयुसुफ एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शायद अहेमेद अलयुसुफले हस्ताक्षर गरेका हुन् ।

यससँगै, जिएमइ रेमिटको माध्यमबाट बहराईनमा रहेको अलयुसुफ एक्सचेन्जका सम्पूर्ण शाखाहरु र एजेन्टहरुबाट सजिलैसँग नेपालमा रहेका आफ्ना आफन्तहरुलाई पैसा पठाउन सकिन्छ ।

नेपालमा जिएमइ रेमिटसँग आबद्ध ८५०० भन्दा बढी एजेन्टहरुबाट सजिलैसँग रकम भुक्तानी लिन सकिने र कुनै पनि बैंकको खातामा तुरुन्तै रकम जम्मा गर्न सकिने छ ।

prabhu mahalaxmi
kumari