सबै सवारी पास खारेज
sf7df8f}F, !^ j}zfvM
;jf/L ;fwg r]shfFr ub}{ ;'/IffsdL{
sf]/f]gf efO/;sf] ;ªqmd0f /f]syfd tyf Go"gLs/0fsf nflu ;/sf/n] nfu" u/]sf] aGbfaGbL cjlwdf a9L dfqfdf ;jf/L ;fwg rNg yfn]kl5 sf7df8f}Fsf] eb|sfnL ;8sdf dªunaf/ ;jf/L kf; eP gePsf] r]shfFr ub}{ ;'/IffsdL{ . tl:a/ Mk|bLk/fh jGt÷/f;;
काठमाडौं । निजी सवारी साधनलाई दिएको सबै सवारी पास गृह मन्त्रालयले खारेज गरेको छ । लकडाउन खुकुलो बनाएसँगै जोरबिजोर लागु गरिएकोमा सवारी पासले झन अन्यौलता सिर्जना गरेको भन्दै मन्त्रालयले सबै पासहरु खारेज गर्ने निर्णय गरेको हो ।
लकडाउन खुकुलो बनाएर जोर विजोर प्रणालीमा निजी सवारी सञ्चालन गर्न दिएसँगै सबै पास खारेज गरिएको हो । सवारी पासले जोर विजोर प्रणाली कार्यान्वयनमा समेत अप्ठ्यारो भएकाले खारेज गरिएको गृह मन्त्रालयले जानकारी जनाएको छ ।
यस अघि गृह मन्त्रालयले नै विभिन्न अत्यावश्यक काम पर्नेहरुलाई सवारी पास दिने गरेको थियो । सोमबार नै गृह मन्त्रालयले निर्णय कार्यान्वयनका लागि ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । सरकारले लकडाउन खुकुलो गरेसँगै जोर बिजोर प्रणालीमा निजी सवारी साधन चल्न दिएको छ ।

























