सबै सवारी पास खारेज

काठमाडौं । निजी सवारी साधनलाई दिएको सबै सवारी पास गृह मन्त्रालयले खारेज गरेको छ । लकडाउन खुकुलो बनाएसँगै जोरबिजोर लागु गरिएकोमा सवारी पासले झन अन्यौलता सिर्जना गरेको भन्दै मन्त्रालयले सबै पासहरु खारेज गर्ने निर्णय गरेको हो ।
लकडाउन खुकुलो बनाएर जोर विजोर प्रणालीमा निजी सवारी सञ्चालन गर्न दिएसँगै सबै पास खारेज गरिएको हो । सवारी पासले जोर विजोर प्रणाली कार्यान्वयनमा समेत अप्ठ्यारो भएकाले खारेज गरिएको गृह मन्त्रालयले जानकारी जनाएको छ ।
यस अघि गृह मन्त्रालयले नै विभिन्न अत्यावश्यक काम पर्नेहरुलाई सवारी पास दिने गरेको थियो । सोमबार नै गृह मन्त्रालयले निर्णय कार्यान्वयनका लागि ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । सरकारले लकडाउन खुकुलो गरेसँगै जोर बिजोर प्रणालीमा निजी सवारी साधन चल्न दिएको छ ।