stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपालीहरुको उद्धारमा सलाम एयरको सहयोग समस्यामा परेका १६६ जना ओमानबाट स्वदेश फिर्ता

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ओमानबाट १६६ यात्रु बोकेर सलाम एयरको जहाज काठमाडौँ विमानस्थलमा अबतरण गरेको छ । बिदेशमा बस्ने कोभिड–१९ बाट प्रभावित नेपालीदाजुभाई तथा दिदिबहिनीहरुलाई सम्बन्धित देस तथा नेपाल सरकारले निर्धारण गरेको मापदण्ड पालना गरि आवश्यक प्रक्रिया पश्चात नेपाल आउन सहजीकरण गर्ने भन्ने नेपाल सरकारको निर्णय अनुसार सम्बन्धित देशका राजदुताबासबाट आवश्यक कार्यहरु अघि बढि नेपाल फर्किने काम प्रारम्भ भइसकेको छ ।
कोरोना भाइरस (कोभिड–१९) का कारण अप्ठ्यारोमा परेका नेपालीहरुको हवाई टिकट ब्यबस्थापनका सम्बन्धमा ओमान स्थित नेपाली राजदुताबाससंगको सहकार्यमा सलाम एयरले नेपाली दाजुभाई तथा दिदिबहिनीहरुका लागि मानवीय सहयोग स्वरूप सुलभ दरमा टिकट उपलब्ध गराएको हो । बिपतको घडीमा ब्यबसायिक मुनाफा भन्दा पनि सेवाको भाबनाका साथ अघि बढ्ने सलाम एयर र आफ्ना नागरिकको सेवालाई ध्यानदिने ओमन स्थित नेपाली महामहिम राजदुत तथा राजदुताबाससंग आबद्ध सम्पूर्ण कर्मचारीहरुले उक्तकदमलाई सकरात्मक रुपमा लिएका छन ।
सलाम एयरले नेपालमा आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई ट्राभलको जीएसए व्यवस्थापनमा उडान भर्दै आइरहेको छ । नेपालमा आफ्नो हवाई सेवा विस्तार गरेको करिब डेढ वर्षको हाराहारीमा नै महामारीको अवस्था झेल्नु परेता पनि मानवीय सेवाका लागि सलाम एयरको निक्कै ठूलो योगदान रहेको कुरा आइएमई ट्राभलका प्रमुख कार्यकारी अधिकृत बिनोद सापकोटाले जनाए ।

prabhu mahalaxmi
kumari