हिमालय एअरलाइन्सको चार्टर उडानकाे तालिका सार्वजनिक
काठमाडौं । हिमालय एअरलाइन्सले विदेशबाट नेपाली नागरिक ल्याउने चार्टर उडानको तालिका सार्वजनिक गरेको छ । एअरलाइन्सले सोमबार एक सूचना जारी गर्दै तालिका सार्वजनिक गरेको हो ।
एअरलाइन्सले जुन १६ मा श्रीलङ्काको कोलम्बो , माल्दिभ्सको मालेबाट नागरिक ल्याउने छ भने जुन १७ तारिख बंगलादेशको ढाका र सिंगापुर कंम्कोडिायाबाट नेपालीलाई नागरिकलाई स्वदेश ल्याउने छ।
यस्त्तै, जुन १८ तारिख मलेसिसयाको क्वालालम्पुर र साउदी अरयिबा दमामबाट ल्याउन जानकारी दिएको छ। जुन १९ तारिखमा पनि साउदीबाट ल्याउने दोस्रो उडान रहेको छ भने सोही दिन माल्दिभ्स मालेबाट पनि ल्याउने छ ।
यस्तै, जुन २० तारिखका दिन युएईको अबुधावी र बंगलादेशको ढाकाबाट पनि नेपाली नागरिक ल्याउने कार्यतालिका रहेको छ । एअरलाइन्सले ८५ प्रतिशत अकुपेन्सी भएमा मात्र चार्डर उडान हुने बताएको छ ।
माथि उल्लेखित देशहरुबाट ल्याउने भाडादर सरकारले तोके बमोजिम नै हुने एअरलाइन्सले सूचनामा उल्लेख गरेकाे छ ।



























