stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एनआईसी एशिया ग्रोथ फण्ड–२ मा आवेदन दिने म्याद लम्बियो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले निष्कासन गरेको एनआईसी एशिया ग्रोथ फण्ड–२मा खरिद आवेदन दिने म्याद लम्बिएको छ।

यो योजनाका इकाइहरु गत मंसिर ४ गतेबाट बिक्री खुला गरिएको थियो। यो योजनाको निष्कासन बन्द छिटोमा आज मंसिर ७ गते बैंकिङ समयपछि हुने भनिएको थियो।

तर, मागबमोजिम खरिद आवेदन नपरेका कारण यो योजनाको निष्कासन अवधि बढाउनुपरेको क्यापिटलले जनाएको छ।

अब यो योजनामा मंसिर १८ गतेसम्म खरिद आवेदन दिन सकिनेछ। उक्त अवधिभन्दा अगावै मागभन्दा बढी आवेदन परेको खण्डमा कुनै पनि दिन पूर्वसूचना दिएर निष्कासन बन्द गरिने क्यापिटलले जनाएको छ।

क्यापिटलले प्रतिइकाइ १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँबराबरको १० करोड इकाइ बिक्री खुला गरेको छ।

निष्काशन गरिएको कुल इकाइमध्ये कुल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत वा १ करोड ५० लाख इकाइ कोष प्रवर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाइ सर्वसाधरणलाई बिक्री खुला गरिएको छ।

यो योजनामा न्यूनतम १०० इकाइका लागि आवेदन दिन पर्नेछ भने अधिकतममा १ करोड इकाइसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ।

सात वर्षे अवधिको यस योजनाका इकाइ खरिदका लागि लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्। यो बन्दमुखी योजना हो।

बिक्री खुला भएको निवेदन दिने अवधि तथा बोर्डबाट थप भएको अवधिभित्र कम्तीमा ५० प्रतिशत अर्थात ५ करोड इकाइ खरिद गर्न निवेदन प्राप्त भएमा इकाइको बाँडफाँट गर्न सकिनेछ।

prabhu mahalaxmi
kumari